धरान:आज किँरात समुदायले आफ्नो चाड उधौली मनाएका छन् । विगतमा धुमधामले मनाउने यो चाड यसपाली कोरोना महामारीको कारण विधिवतरुपमा मात्र मनाएका छन् ।

गएको बैशाखमा पनि किरातीहरुले उभौली चाड वृहतरुपमा मनाउन पाएनन् । त्यसबेला लकडाउनको कारण घरघरमा नै उभौली मनाएका थिए । अहिले लकडाउन नभएपनि कोभिडको जोखिम यथावत रहेको कारण व्यापकरुपमा उधौली नमनाइएको हो । चार किरात मानिने राई, लिम्बु, याक्खा, सुनवारहरुले उधौलीलाई साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदरकोरुपमा मनाउछन् । यस्तै, कुलुङहरुले मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर, चाक्चाकुरकोरुपमा मनाउने गरेका छन् ।

chasok5

आजै गुरुङ जातिको तमु ल्होसार पनि हो । यस्तै, नेवार जातिले योमरी पुन्ही चाड पनि मनाउछन् । यायोक्खा सुनसरीका सचिव राजेन्द्र राईले कोभिड महामारीलाई ध्यान दिदै विभिन्न वडा प्रारम्भिक कार्यसमितिहरुले वडा वडामा विधिवतरुपमा पूजा गरेर उधौली मनाइएको बताए । उनले भने,‘कोभिडलाई ध्यान दिदै वडाहरुमा व्यापक होइ,न विधिवतरुपमा पूजा गरेर मनाइएको छ ।’ धरान १३ को प्रारम्भिक कार्यसमितिले भने धरान १४ विजयपुर दरबार क्षेत्रमा पूजा गरेर उधौली मनाएको सहकोषाध्यक्ष वसन्त वान्तवा राईले जानकारी दिए । विधिवत पूजा गरेर साकेला केही समय नाचेको उनले बताए । ‘विगतका बर्षहरुमा विभिन्न प्राकसहरुलाई बोलाएर साकेला नाचिन्थ्यो, यसपाली यहीको प्राकसले मात्र सामान्य पूजा गरेको हो,’उनले भने ।

udhaili

यस्तै, किरात याक्थुङ चुम्लुङले पनि चासोक तङनामको अवसरमार बिहानै विजयपुर दरबार परिसरमा पूजा गरेको जनाएको छ । आज श्रीजंगा जन्मजयन्ती पनि परेको हुनाले तीनकुनेस्थित श्रीजंगाको साकिलमा माल्र्यापण गरिएको चुम्लुङका जिल्ला उपाध्यक्ष स्वर्णिम फोम्बोले जानकारी दिए । त्यसपछि धरान १५ स्थित चुम्लुङ हिममा चासोक पूजा गरिएको उनले बताए । ‘कोभिड १९ को कारणले चुम्लुङ हिममा चासोक पूजा मात्र गरियो, विगतमा जस्तो भव्य कार्यक्रम भएन,’उनले भने,‘बिहानै विजयपुर दरबार परिसरमा गएर पूजा भयो, श्रीजंगा जन्मजयन्ती पनि भएकोले श्रीजंगाको सालिकमा माल्र्यापण गरियो ।’

chasok 1
chasok2chasok6 chasok7 udhauli4 udhaili2 udhaili4 udhaili1