धरान: राजश्व छली गरेको आशंकामा धरान १२, राम निवासस्थित ग्लोबल इम्पेक्स इन्टरनेशनलमा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले छापा मारेको छ ।

राजश्व कार्यालयले कारोबारको आवश्यक कागजपत्र नभेटिए पछि रामनिवासमा सिल गरेको जनाएको छ । राजश्व अनुसन्धान इकाई कार्यालयका प्रमुख दिपक खड्काले शंकास्पद कारोबार भएको सुचनाको आधारमा छापा मारिएको बताए । उनका अनुसार पसलमा कारोबार गरिएको आवश्यक कागजात, बिल विजक केही पनि फेला नपरेकोले सिल गरिएको छ । ग्लोबल इम्पेक्सका प्रोपाइटर किसन अग्रवाल हुन् ।

राजश्वको टोलीले बिहान साढे ११ बजे राम निवासमा छापा मार्न पुगेको थियो । उक्त टोली साढे ४ बजे मात्र फर्केको प्रमुख खड्काले जानकारी दिए । ‘हामी साढे ११ बजेतिर पुगेका थियौं, साढे ४ बजेतिर निस्कियौं,’प्रमुख खड्काले भने,‘त्यो अवधिमा सामान रुजु गर्ने, कागजपत्रहरु हेर्ने काम गर्यौं । फेला नपरेपछि सिल गरेका छौं ।’

ram-niwas1