धरान: संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले धरानमा माघ ३ गते विरोध सभा गर्ने तयारीको लागि बैठक बसेको छ ।
धरान ७, शान्ति पथस्थित जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको कार्यालयमा विरोध सभाको तयारीको लागि बैठक बसेको हो । धरानमा समाजवादीले माघ ३ गते विरोध सभा गर्दैछ । बैठकले विरोध सभाको लागि विभिन्न समिति, उपसमितिहरु पनि गठन गरेको छ। बैठकले केन्द्रीय सदस्य खालिद हुसेन हकको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ। सह संयोजकमा केन्द्रिय सदस्य दुर्गामाया लिम्बु रहेका छन् । समितिको सदस्यहरुमा ध्रुब सुब्बा इटहरी, सन्तोष मेहेता इनरुवा, केन्द्रिय सदस्य उमेश थापा, रन्जित गोस्वामी दुहबी, बिना पुमा राई, नरेश थापा, मिलन राई धरान तोकिएको छ।
त्यसैगरी, बिरोध सभाको प्रचारप्रसार उपसमितिमा केन्द्रिय सदस्य सुनिता मरिकको संयोजकत्वमा ११ सदस्यीय गठन गरेको छ। सदस्यहरुमा हंस साह, तारा पोखरेल, अनुप सुब्बा, नरेश बिक, प्रदिप कार्की, चन्दन रौनियार, निमा पोङ्स्युवा, बिना डि तामाङ, सुर्य नारायण यादव, दिपेन्द्र यादव रहेका छ्न् ।यस्तै, केन्द्रिय सदस्य पदम अधिकारीको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरेको छ।
जनपरिचालन उपसमितिको सदस्यहरुमा सुनसरीबाट प्रतिनिधित्व गर्ने केन्द्रिय परिषद सदस्यहरु, प्रदेश समिति सदस्यहरु, राष्ट्रिय समिति सदस्य पदाधिकारीहरु, जिल्ला समितिका अध्यक्ष, सुनसरी जिल्लाका स्थानीय अध्यक्षहरु, सुनसरी जिल्लाबाट केन्द्रिय समिति र प्रदेश समितिका जनसंगठनका सदस्यहरु, धनकुटा जिल्ला र उदयपुर जिल्लाका अध्यक्षहरु,बेलका नगरसमितिका अध्यक्ष,सागुरिगढी र चौबिसे नगरसमितिका अध्यक्ष रहने निर्णय भएको छ। मुल ब्याबस्थापन समितिको सदस्य सचिबमा केन्द्रिय सदस्य जेन्टल लावती रहेका छन् । जनपरिचालन उपसमितिको सदस्य सचिवमा धरान उपमहानगर समितिका अध्यक्ष ताजुव लिम्बुलाई तोकिएको छ।
बैठकले सम्पुर्ण तयारीपछि पौष २८ गते पत्रकार सम्मेलन मार्फत जानकारी गराउने निर्णय गरेको छ। सरकारले पुष ५ गते संसद विघटनको सिफारिश गरेका थिए भने सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । उक्त कदमविरुद्ध समाजवादी पार्टी दोस्रो चरणको आन्दोलनको क्रममा देशब्यापी बिरोध सभा गर्दैछ।