धरान: २०४५ सालको भुकम्पमा धरानमा ठुलो धनजनको क्षति भएको थियो । त्यसयता पनि धरानले मात्र होइन, मुलुकले नै २०७२ सालको विनाशकारी भुकम्पको सामना गरिसकेको छ ।

धरानको भानुचोकस्थित घण्टाघर निर्माणको क्रममा परिसरमा भुकम्प स्मृति स्मारक निर्माण गरिएको छ । २०४५ सालको भुकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा यो स्मारक निर्माण गरिएको हो । स्मारकमा मृतकहरुको नाम उल्लेख गरिएको छ । माघ २ गते आज (शुक्रबार) २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइदै गर्दा २०४५ सालको भुकम्पमा मात्र होइन, अन्य भुकम्पमा पनि ज्यान गुमाएकाहरुको सम्झना गरियो । यो स्मृति स्मारकमा दिप प्रज्वलन गर्नुका साथै एक मिनेट मौन धारण गर्दै मृतकहरुलाई सम्झना गर्दे श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

bhukampa

धरान उपमहानगरपालिकाको आयोजना तथा स्थानीय भवन निर्माण व्यवसायी संघ र सेक नेपालको व्यवस्थापनमा शुक्रबार साँझ दिप प्रज्वलन गरिएको थियो । मेयर तिलक राई, वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठ पनि सहभागी भएका थिए । मेयर राईले आफ्नो अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रममा विगतका बिषयहरुलाई कक्षाअनुसार पाठ्य सामग्रीकोरुपमा समावेश गर्नेबारे छलफल भएको बताए । ‘विगतमा व्यहोरेको विपत्तिको बिषयहरुलाई अध्ययन अनुसन्धान र सुचनामुलक जानकारीकोरुपमा पाठ्य सागग्री ल्याउनुपर्छ भन्ने छलफल भएको छ, त्यसतर्फ नगरपालिकाले महत्वपुर्ण कदम अगाडि बढाउने जानकारी दिन चाहन्छुँ,’ मेयर राईले भने । व्यक्ति र परिवारलाई सुरक्षित राख्न सक्दा विपत्तिको बेला धनजनको क्षतिलाई न्युनीकरण गर्न सकिन्छ । कोरोना संक्रमणले पनि सबैलाई सचेत गराएको र शिक्षा दिएको भन्दै उनले व्यक्ति, परिवार र समाजलाई कसरी जोगाउने भनेर सजग रहन पनि आग्रह गरे ।

भिडियो :

bhukampa2 bhukampa5 bhukampa7 bhukampa6 bhukampa8 bhukampa4