धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मेडिकल असिफरहरु पनि आन्दोलनमा उत्रिएका छन् ।

आफुहरुले ८ औं तह अनुसारको तलब र कोभिड उपचारमा खटिदाको जोखिम भत्ता पनि नपाएको भन्दै मेडिकल असिफरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले हिजो आइतबारदेखि नै प्रतिष्ठानका उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । माग सम्बोधन नभए भोली मंगलबारदेखि इर्मजेन्सीको काम पनि छोडेर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

नेपाल सरकारले मेडिकल असिफरहरुलाई ८ औं तहको मापदण्ड तोकेअनुसार अन्यत्रका अस्पतालहरुमा तबल पाउदै आएका छन् । जसअनुसार आइओएम, पाटन, धुलिखेललगायत अस्पतालका ८ औं तहका मेडिकल अफिसरहरुले ५५ देखि ६० हजारको तलब स्केल पाइरोखका छन् । तर, वीपी प्रतिष्ठानका मेडिकल असिफरहरुले भने ३४ हजार ५ सय मात्र पाइराखेको आन्दोलनरत डा.इडेन काफ्लेले जानकारी दिए । ‘नेपाल सरकारले आठौं तहको मापदण्ड तोकेको छ, तर यहाँ त्यो भन्दा निक्कै कम तलब दिदै आएको छ,’उनले भने ।

bp-medical-officer1

सरकारले कोरोनाको जोखिम भत्ता दिइसक्नु भनेर अन्तिम मिति तोकिसक्दा पनि प्रतिष्ठानले अहिलेसम्म कुनै पनि प्रकारको भत्ता उपलब्ध नगराएको पनि आन्दोलनरत डाक्टरहरुको भनाई छ । सोमबारसम्म पनि मागको सुनुवाई नभए इर्मजेन्सीको पनि काम छोडेर मेडिकल अफिसरहरु धर्नामा बस्ने डा.काफ्लेले चेतावनी दिए । ‘हामीले पटक पटक भन्यौं, सुनुवाई नभएपछि कार्यक्षेत्र छोडेर आन्दोलन गर्न बाध्य भयौं,’उनले भने,‘भोलीको दिनसम्म पनि मागबारे सुनुवाई नभए इर्मजेन्सीमा कार्यरत मेडिकल अफिसरहरु पनि काम छोडेर बिहान ८ बजेदेखि ५ बजेसम्म धर्नामा आउछौं ।’ प्रतिष्ठानका जुनियर रेसिडेन्टहरु पनि कोभिड जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा छन् । उनीहरुले माघ १ गतेदेखि नै कोभिड ड्युटी बहिष्कार गरिसकेका छन् ।bp-medical-officer bp-medical-officer2 bp-medical-officer3