झापा: झापा दमक ४ ताराबारीस्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान ९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा अटो चालक उर्लाबारी ४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार ४९ बर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरि, अटोमा सवार सुनसरी इनरुवा ७ का २४ बर्षीय सौजन मगर र दमक ४ का राजन सिलवाल समेत घाईते भएका थिए । उनीहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। एम्बुलेन्स र एम्बुलेन्स चालक दमक ४ का ५१ बर्षीय गणेश दंगाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।