धरान: नेपाली कांग्रेसको प्रदेशसभा संसदीय दलको बैठकले अविश्वासको प्रस्तावबारे ठोस निर्णय नलिई स्थगित भएको छ ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेशसभामा टेवल भएपछि मात्र अविश्वासको प्रस्तावबारे निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीका अनुसार सांसदहरुको बोल्ने क्रम अझै जारी रहेकोले बैठक जारी रहेको तर आजलाई भने स्थथित गरिएको जानकारी दिए । ‘माननीयहरुको बोल्ने क्रम जारी छ, आजलाई स्थगित भएपनि वैठक जारी अवस्थामा नै हो,’कार्कीले भने,‘अविश्वासको प्रस्ताव टेवल भएपनि मात्र निर्णय लिनुपर्छ भन्ने अधिकांश माननीयहरुको भनाई छ ।’

वैठकमा बोल्ने अधिकांश सांसदहरुको धारणा अनुसार नै प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव टेवल भएपछि मात्र निर्णय लिइने प्रमुख सचेतक कार्कीले बताए । उनका अनुसार आजको बैठकले भोलीदेखि शुरु हुने हिउँदे अधिवेशनलाई सौहार्दपुर्ण तरिकामा अघि बढाउने निर्णय लिइएको बताए । ‘संसद वैठकलाई सौहार्दपुर्णरुपमा चलाउनको लागि सकरात्मक भुमिका खेल्नुपर्छ भन्ने रह्यो,’उनले भने,‘अविश्वासको प्रस्ताव टेवल भएपछि मात्र थप निर्णय गछौं ।’ कांग्रेस स्थगित भएको संसदीय दलको बैठक भोली पनि बस्नेछ ।