अप्रेसन पछि विरामीको मृत्यु प्रकरण:धरानको विजयपुर हस्पिटलमा प्रहरीको कडा सुरक्षा, मृतक पक्ष र हस्पिटल प्रशासनबीच वार्ता हुदै

  • प्रकाशित: माघ ८, २०७७ / 2,331 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: पित्तथैलीमा भएको पत्थरीको अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको पोष्टमार्टम अझै भएको छैन ।

धरान १० स्थित विजयपुर हस्पिटलमा सोमबार पत्थरीको अप्रेसन गरिएकी राईको भोलीपल्ट शरीरभित्र रक्तस्राव भई मृत्यु भएको थियो । अहिले मृतक पक्ष र हस्पिटल प्रशासनबीच घटनबारे छलफल भइरहेको छ । हस्पिटलभित्रै दुई पक्षबीच छलफल चलिरहदा हस्पिटल मुलगेटमा प्रहरीले कडा सुरक्षा दिइरहेको छ । हस्पिटलमा प्रवेश गर्ने मानिसहरुलाई पनि प्रहरीले कडाई गरेको छ ।

bijaypur-hospital1

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार आज मृतकको पोष्टमार्टम गर्ने भनिए पनि मृतक पक्षका मानिसहरुले नमानेको कारण पोष्टमार्टम नभएको हो । मृतक पक्षका मानिसहरु हस्पिटल प्रशासनसँग कुरा गर्ने भनेर गएको उनले बताए । ‘जाहेरी दर्ता भइसकेको छ, जाहेरी अनुसार अनुसन्धान हुन्छ,’डिएसपी बस्नेतले भने ।

विजयपुर हस्पिटलका डाक्टर गजेन्द्रप्रसाद दासले मृतक राईको अप्रेसन गरेका थिए । अप्रेसन पछि शरीरभित्र निरन्तर रक्तस्राव भएको र अन्तिम समयमा मात्र उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको कारण श्रीमतिको मृत्यु भएको भन्दै श्रीमान् राजेन्द्र राईले डा.दासविरुद्ध प्रहरीमा जाहेरी दिइसकेका छन् । विरामी राईको प्रतिष्ठानमा अप्रेसन गर्न नपाई ज्यान गएको थियो । अप्रेसन पछि अब्जरवेसनमा उपचार भइरहदा अचानक मुटूमा समस्या आएको कारण वीपी प्रतिष्ठान रिफर गर्नुपरेको हस्पिटलको भनाई छ । 

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित