धरान: अप्रेसन पछि मृत्यु भएकी इटहरीकी ३१ बर्षीया दीपा राईलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्तजनले धरान १० स्थित पुतलीलाइन सडकखण्डमा धर्ना दिएका छन् ।

मृतक पक्षले विजयपुर हस्पिटलअघिको सडकमा धर्ना बसेका छन् । मृतक पक्षको धर्नाले विजयपुर हस्पिटल अघि यातायात पुर्णरुपमा अवरुद्ध छ । बाहिर मृतक पक्षले सडकमा धर्ना दिइरहदा हस्पिटल भित्र वार्ता पनि भइरहेको छ । मृतकका छोरीलाई पढाई दिने, उपचार सेवा निःशुल्क गर्ने बिषयमा कुरा सहमति नजिक पुगेको छ । मृतकको १५ महिनाको छोरी रहेको छ ।

bijaypur-sadak

धरान १० स्थित विजयपुर हस्पिटलमा सोमबार पत्थरीको अप्रेसन गरिएकी राईको भोलीपल्ट शरीरभित्र रक्तस्राव भई मृत्यु भएको थियो । उनलाई हस्पिटलले अन्तिम समयमा मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको र त्यहाँ अप्रेसन हुनै नपाई मृत्यु भएको थियो । मृतकका श्रीमान्ले अप्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता गरिसकेका छन् ।

bijaypur