धरान: मिठो परिकार पस्केर धरान किचनलाई ब्राण्डकोरुपमा स्थापित गर्दै आएका व्यवसायी कृष्ण पाठकले थप लगानी गरेर होटल धरान किचन पनि सञ्चालनमा ल्याएका छन् ।
धरान १५ स्थित दशरथ मार्गमा पाठकले २ करोड लगानीमा होटल धरान किचन सञ्चालनमा ल्याएका हुन् । अतिथिहरु निमन्त्रण गरिए पनि औपचारिक कार्यक्रम आयोजना विना नै होटल आज शनिबारदेखि सञ्चालनमा आएको हो । होटलमा भिआइपी, डिलक्स, स्टाण्डर्ड र नर्मल क्याटोगरिका १९ वटा रुमहरु रहेको सञ्चालक पाठकले जानकारी दिए । उनका अनुसार माघ २० गतेसम्म ती रुमहरुमा ३० प्रतिशत छुट दिइएको छ ।
यसैगरि, यहाँ विवाह पार्टी, सेमिनार, गोष्ठी आयोजना गर्नको लागि पार्टी प्यालेस छ भने रेष्टुरेष्ट सुविधा पनि रहेको छ । खाना आइटममा हाल २० प्रतिशत छुट ग्राहकहरुलाई उपलब्ध भएको पनि पाठकले जानकारी दिए । धरान किचनलाई आफुले ब्राण्डकोरुपमा अघि बढाइरहेको उनको भनाई छ । यसअघि भानुचोकमा धरान फेमिली किचन सञ्चालनमा छ । त्यहाँ पारीवारिक वातावरण छ भने वरगाछीमा सेकुवा बिशेष आकर्षण छ ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित