धरान: महंगी नियन्त्रण तथा बजारलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेश १ का विभिन्न स्थानीय तहका उपप्रमुखहरुसहित अन्र्तक्रिया भएको छ ।

धरान उपमहानगरपालिकाको संयोजनमा आइतबार विभिन्न ५ वटा स्थानीय तहका उपप्रमुखहरुसहित छलफल भएको हो । स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्ष बजार अनुगमन संयोजक हुन्छन् । बजार अनुगमनलाई सार्थक, प्रभावकारी बनाउने उद्देश्यले अनुभव आदानप्रदानसहित छलफल गरिएको धरानका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यक्रममा धरान उपमहानगर, इटहरी उपमहानगर, मेची नगर, इनरुवा र सुन्दर हरैचा नगरपालिकाका उपप्रमुखहरु सहभागी थिए । यस्तै, वाणिज्य कार्यालय विराटनगर, इलाका प्रशासन कार्याल, प्रहरी कार्यालय पनि कार्यक्रममा सहभागी रहेको थियो । कार्यक्रममा जागरण अभियानको विज्ञ कृष्णप्रसाद भण्डारी मार्सेलीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘बजार अनुगमनमा देखिएका समस्याहरु के हुन् ? ती समस्याहरु के कारणले आएको हो ? समाधान के हो ? भनेर छलफल भएको छ । छलफलको रिपोर्ट नीति निर्माणको लागि सुझाव दिइनेछ,’धरानका बजार अनुगमन अधिकृत सापकोटाले भने ।