धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप 'कोभिसिल्ड' आइपुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १५० भाइल खोप आइपुगेको प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा.प्रमोद वरालले जानकारी दिए । ती खोपहरुलाई बिहान साढे १० बजेदेखि लगाउन शुरुवात गरिने पनि उनले बताए । ‘१५० भाइल खोप आइपुगेको छ, साढे १० बजेदेखि पेइङ २ वार्डबाट लगाउन शुरु गर्ने तयारीमा छौं,’डा. वरालले भने ।
डा.वरालका अनुसार १ भाइल खोपमा ५ एमएल हुन्छ । एक जनालाई ०.५ एमएल खोप लगाउनुपर्ने हुन्छ । यसहिसाबले एक भाइलले ८ देखि ९ जनालाई पुग्ने अनुमान गरिएको छ भने १५० भाइलले १३ देखि १४ सयलाई पुग्ने अनुमान छ । खोप लगाउने ठाउँमा सुरक्षाका लागि थप औषधीहरु पनि राखिएका छन् । खोपको लागि ५ जनालाई तालिम दिइएको छ । एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था छ ।
प्रत्येक ३० मिनेटमा एक समुहलाई खोप लगाउने व्यवस्था छ । सोही अनुसार रोलक्रम र समय मिलाएर खबर गरिएकोले भिडभाड नहुने डा.वरालले बताए । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मीलगायत फ्रन्टलाइनमा खटिनेहरुलाई दिइदैछ ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित