दुहबी: सुनसरीको दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता यही माघ १७ गतेदेखि हुने भएको छ ।

आज दुहबी नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोागिताको जानकारी गराएको हो । प्रतियोगिता माघ १७ गतेदेखि माघ २८ गतेसम्म हुने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जानकारी दिए । दुहबी नगरपालिका आयोजक रहेको प्रतियोगितामा क्लब संयोजन रहेको छ । मेयर कपमा दुहबीका १२ वटा वडाको टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष राईले जनकारी दिए । उनका अनुसार फुटबल क्षेत्र मा दुहबी नगरपालिका भित्रबाट राष्ट्रीयस्तरका खेलाडी विगतदेखि नै उत्पादन भइरहेको र अझै उचाइमा पुर्याउने लक्ष्य राखिएको बताए । नगरपालिकाहरुको छाता संगठन नगरपालिका महासंघसँग एन्फाको सम्झौता भइसकेको जानकारी दिदै राईले भविष्यमै देश ब्यापी रुपमा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने पनि बताए ।

duhabi-mayor-cup1

दुहबीका मेयर बेदनारायण गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन गरेर राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको बताए । साथै मेयर गच्छदारले दुहबीमा चाडैं फुटबल एकेडेमीको स्थापना गर्ने पनि बताए । प्रतियोगिता दुहबी ५ स्थित सरस्वती माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा प्रथम हुने वडाले उपाधीसहित नगद १ लाख १ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले शुभकामना मन्तब्य दिएकी थिइन् । प्रतियोगिताको पहिलो उद्घाटन खेल दुहबी वडा नं.६ र वडा नं.१२ बीच हुने आयोजकले जनाएको छ ।