विराटनगर: नेपाल भारत दशगजा क्षेत्रबाट अवैधरुपमा ल्याएको माछाको भुरा वरामद गरि नेपाल प्रहरीले नष्ट गरेको छ ।
हिजो दिउँसो करिब ४ बजेतिर मोरङको जहदा गाउँपालिका ७ डुमरियास्थित नेपाल भारत दशगजा क्षेत्रमा अन्दाजी १५ सय किलो माछाको भुरा लोड गरेको भारतीय नम्बर प्लेटको बलेरो पिकअप फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ध्द्यद्दछव्ण्ठछद्ध नम्बरको पिकअपलाई भारतीय एसएसबीले खेदाउने क्रममा दशगजामा पुर्याएर चालक फरार भएका थिए ।
चालक भागेपछि दशजगामा वेवारिसे अवस्थामा माछाको भुरा लोड भएको गाडी प्रहरी चौरी मझारेबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो । उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर माछाको भुरा नष्ट गरिएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिएको छ ।