धरानः कोरोना संक्रमण पुष्टि भएका धरान उपमहानगरपालिकाका कर्मचारीहरुको कोरोना विमा वापतको रकम विमा कम्पनीले हस्तान्तरण गरेको छ ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाले बुधबार मेयर तिलक राईुलाई हस्तान्तरण गरेको छ । शाखाका प्रमुख प्रतिक श्रेष्ठसहितको टिमले कार्यकक्षमै मेयर राईलाई भेटेर ४० जना कर्मचारीहरुको कोरोना विमा बापतको रकम हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाले जनरल इन्स्योरेन्स धरान शाखासँग कोरोन विमाको सम्झौता गरेको थियो । जस अन्तर्गत ४० जना कर्मचारीहरुलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो ।
शाखाले ४० जना कोरोना संक्रमित कर्मचारीहरुको ४० लाख रुपैयाँको चेक मेयर राईलाई हस्तान्तरण गरेको हो । उक्त ४० लाख रुपैयाँको चेक नगर मेयर राईले प्रमुख प्रशासकिय अधिकृत विदुर खनाललाई हस्तान्तरण गरेका थिए । मेयर राईले कोरोना विमा वापतको रकम प्राप्त हँुदा नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई काम गर्न प्रेरणा मिलेको बताए । हरेक मानिसले स्वास्थ्यको विमा गर्न जरुरी रहेको भन्दै उनले विमा कम्पनीप्रति मानिसको विश्वास बढेको पनि बताए । विमा कम्पनीका धरान शाखाका प्रमुख श्रेष्ठले बाँकी रहेका कर्मचारीहरुको कोरोना विमा बापतको रकम चाँडै नै उपलब्ध गराउने जानकारी दिए ।