धरान: होटेल गजुर प्यालेस धरानले दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा छुटको अफर ल्याएको छ ।

होटेलको दोस्रो वार्षिकोत्सव यही माघ २५ गते हु“दैछ । वार्षिकोत्सवको अवसरमा २५ गते साँझ ६ बजेदेखि १० बजेसम्म लाइभ ब्याण्डको प्रस्तुती रहने होटेल गजुर प्यालेसकी चिफ अपरेटिङ अफिसर (सिओओ) रञ्जना झाले जानकारी दिइन् । होटेलले दोस्रो वार्षिकोत्सवको अवसरमा छुटको अफर सार्वजनिक गरेको छ । जस अनुसार माघ २५ गतेदेखि फागुन २ गतेसम्मकालागी होटेलको रुममा ५० प्रतिशत, खानामा २५ प्रतिशत, बार–ड्रिङ्समा १० प्रतिशत र हलमा शत प्रतिशत छुटको व्यवस्था गरेको छ । होटेलका सञ्चालक गोपाल प्रसाद आचार्यका अनुसार वार्षिकोत्सवको अवसरमा हल बुक गर्नेहरुलाई जुनसुकै बेला पनि कार्यक्रम गर्न छुटको व्यवस्था रहेको छ ।

होटेल गजुर प्यालेस धरानमा रहेको थ्रि स्टार क्याटोगराइज्ड होटल हो । होटेलमा ट्विन डिलक्स, लक्जरी डिलक्स, सुपरियर डिलक्स, एक्सक्लुसिभ डिलक्स र स्विट डिलक्स गरी ५ प्रकारका २८ वटा रुमहरु रहेका छन् । होटेलको प्रमुख विशेषता भनेको हाइजेनिक मेन्टेन नै भएको सिओओ झाको दाबी छ । सञ्चालक आचार्यका अनुसार होटेलमा भेज र नन्भेज छुट्टा छुट्टै सेक्सन को व्यवस्था छ । खानाको स्वस्थकर र रुमलाई निट एण्ड क्लिन राख्न कुनै कम्परमाइज छैन । यसका अलवा होटेलका रुमहरुमा जाडोमा तातो र गर्मिमा चिसो हुने एसीको सुविधा छ । चौबिसै घण्टा तातोपानीका साथै हस्पिटालिटि सर्भिसमा नमुना नै रहेको छ ।

धरानमा होटेल गजुर प्यालेस खुलेपछि प्रदेशमा आउने भिभिआइपी गेष्टहरु धरानमा नै आएर बस्न थालेका छन् । कुटनीतिक नियोगका प्रतिनिधीहरु, विभिन्न देशका राजदुत, कर्मचारीहरु लगायत होटेल गजुर प्यालेसमा आएर बस्ने गरेका छन् । त्यस्तै गरी होटेल गजुर प्यालेसमा मल्टिनेशनल कम्पनीका ठूला ठूला सेमिनारहरु समेत भइसकेका छन् । होटेलले धरानको पर्यटन प्रवद्र्धन र विकासमा ठूलो टेवा पु¥याउदै आएको छ । यसै बर्ष देखी बिवाह, ब्रतबन्ध,तथा ठुलाठुला पार्टी गर्न पार्टीहल समेत रहेको छ ।