धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

हिजो आकस्मिकरुपमा बसेको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको साधारण सभाले आरन्दोलन जारी राख्ने निर्णय गरेको हो । आन्दोलन जारी राखे पनि समाजले उपकुलपति कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम भने ६ दिनको लागि स्थगित गरेको जनाएको छ । समाजले हिजो सोमबार उपकुलपति कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेको थियो । प्रतिष्ठानका पदाधिकारीहरुले वार्तामा बोलाएपछि तालाबन्दी रोकिएको थियो । वार्तामा पदाधिकारीहरुले आन्दोलन स्थगित गरेर केही दिन पर्खन अनुरोध गरेका थिए । पदाधिकारीहरुको सोही अनुरोधबारे निर्णय लिन समाजले आकस्मिकरुपमा साधारणसभा नै बोलाएर छलफल गरेको थियो ।

समाजका अध्यक्ष डा.विष्णु पोखरेलले प्रमोसनको माग पुरा गर्न केही समय लाग्ने भएपनि अन्य मागहरु तत्काल पुरा गर्न सकिने भएकोले व्यवस्थापन पक्षलाई ६ दिनको समय दिइएको हो । ‘हाम्रो माग प्रमोसन मात्र होइन, अरु पनि छन् । ती मागहरु पुरा गर्न कतिको तादरुकता देखाउछन् भनेर ६ दिनको समय दिने साधारणसभाको निर्णय भएको छ,’डा.पोखरेलले भने,‘६ दिनसम्म पर्खन्छौं, धर्ना दिनहुँ जारी रहन्छ । ६ दिनभित्र केही भएन भने भिसि कार्यालयमा पनि तालाबन्दी गछौं । उहाँहरुले विश्वासको वातावरण बनाउनुपर्छ ।’

समाजको साधारणसभाले प्रमोसनको फाइल लोकसेवा आयोगमा पुगेर तार्किन निष्कर्षमा नपुगेसम्म पुर्णअधिकारसहित काजमा रहने र प्रतिष्ठान मातहत रहेका र तत्काल गर्न सकिने मागहरु कार्यान्वयन गरेर विश्वासको वातावरण नबनेसम्म धर्ना जारी राख्ने निर्णय गरेको छ । साथै, शिक्षाअध्यक्षको कार्यालयमा लागेको तालाबन्दी पनि नखोलिने समाजले जनाएको छ । समाजले बाँकी रहेका विभागीय प्रमुखको रोटेसन, शिक्षकहरुलाई दिइने टिचिङ ट्रेनिङ, रिसर्च ट्रेनिङ,फोहोर मैलाको उचित वैज्ञानिक एवं स्वास्थ्यकर व्यवस्थापन, इन्टरनेट सम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदन अनुरुप कार्य गर्नेलगायतको मागहरु तत्काल पुरा गर्न सकिने जनाएको छ ।faculty 2