धरान: प्रथम वाइवाई नेपाल स्टारका उपविजेता बन्न सफल धरानका युवा गायक सन्देश बम्जन लामाले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

धरान २ स्थित बराह किचनमा हिजो बुधबार धरानमा पत्रकार सम्मेलन गरि गायक लामाले आफुलाई उपविजेता बन्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका हुन् । देशविदेशमा रहेर सहयोग गरी आफुलाई नेपाल स्टारको उपविजेता बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई उनले धन्यवाद दिएका थिए । जित पछि आफुमा थप जिम्मेवारि वढेको बताउँदै आउदो दिनमा आप्mनो शुभचिन्तकहरुको आशा नमार्ने उनले वताए ।

DSC_0985.psd

बाल्यकालदेखि नै गायन क्षेत्रमा रुचि भएपनि परिवारको आर्थिक अवस्था कमजोर भएको कारण सन्देशले औपचारिकरुपमा संगीत सिक्न पाएका थिएनन् । नेपाल स्टारमा सहभागी भएर उपविजेता बनेपछि भने उनको गायन प्रतिभा उजागर भएको थियो । पत्रकार सम्मेलनमा उनले उपस्थितहरुको आग्रहमा फुलवुट्टे सारी..वोलको कभर गीत गाएर सुनाएका थिए ।

गायक लामालाई बधाई दिदै गायक शिव लामिछानेले साङ्गीतिक यात्रालाई निरन्तरता दिदै व्यवसायीकरण गर्न सुझाब दिए । सन्देशका बुवा पशुपति तामाङले आफ्नो छोराको सफलता र जित सम्पुर्ण धरानबासीहरुको जित भएको वताए । उनले पनि सहयोगीहरुलाई धन्यवाद दिएका थिए । सन्देश वम्जन जिताऔ अभियान मुल समिति संयोजक रमेश राई र सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलेसमेत बधाई तथा शुभकामना दिएका थिए । गत वर्षको माघ १७ गते देखि सुरु भएको नेपाल स्टारको यही माघ १७ गते फाइनल भएको थियो । नेपाल स्टारको उपाधि पोखराकी एलीना गुरुङले हात पारेकी थिइन् भने सन्देश बम्जन लामा उपविजेता बनेका थिए ।IMG_7616.psd