धरान: धरान उपमहानगरका मेयर तिलक राईले तामाङ जातिको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले धरानमा उल्लेखनीय उपस्थिति रहेको तामाङ जातिको ल्होसार पर्वको अवसरमा देश तथा विदेशमा रहेका नगरबासीहरुलाई शुभकामना व्यक्त गरेका हुन् । उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा समेत रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्वपूर्ण मानिन्छ । सोनाम ल्होसार पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ,’सन्देशमा भनिएको छ,‘यी चाँडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छँु ।’