धरान: धरान उपमहानगरपालिका १९ नम्बर वडा कार्यलयले बालबालिका लक्षित कार्यक्रम अन्तर्गत आप्mनो वडामा रहेको किरातेश्वर माविमा भर्ना हुन बाँकी रहेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गराएको छ भने पोशाक पनि वितरण गरेको छ ।

वडा कार्यालयले हिजो बिहिबार विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ३४ जना विद्यार्थीहरुलाई भर्ना तथा पोशाक वितरण गरिएको वडाध्यक्ष पूर्णबहादुर लिम्बुले जानकारी दिए । वडाले १४ जना छात्रा र ७ जना छात्र गरी २१ जनालाई विद्यालय भर्ना गरेको हो भने ९ जना छात्रा र ४ जना छात्र गरी १३ जनालाई पोशाक वितरण गरेको जनाएको छ । अभिभावक नभएका तथा आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई विद्यालय तथा वडाले संयुक्तरुपमा छनौट गरी भर्ना तथा पोषाक वितरण गरिएको वडाध्यक्ष लिम्बुले बताए ।

20210211_204249.psd

यसअघि वडाले यहि आर्थिक वर्षमा विद्यार्थीहरुलाई स्वेटर र स्टेस्नरी सामान वितरण गरीसकेको वडा सदस्य तिलक राईले जानकारी दिए । कार्यक्रममा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएको विद्यार्थी लक्षित पोषाक वितरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने वडाले प्रतिवद्धता जनाएको छ । कार्यक्रममा वडा सदस्य मेघनाथ राई, जायात्रा लिम्बु, चन्द्रमाया विक तथा विद्यालयका प्रधानाध्यापक योगेन्द्र पालुङ्वा लगायतको उपस्थिती रहेको थियो । तस्विरः विकास चाम्लिङ राई

20210211_204313.psd 20210211_204327.psd