धरान: आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको आज पूजा आराधानी गरि मनाइदैछ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ(आफ्ना कला(साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा(आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आज कलेज, स्कुललगायत सबै शैक्षिक संस्थामा धुमधामले सरस्वती पूज गरिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यही करण सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। आजका दिन सरस्वतीको पूजा गरी साना नानीहरुलाई अक्षर लेखाउने चलन पनि छ । यसो गर्दा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।

हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। सूर्य उत्तरतिर लागेर दिन लामो हुने साथै वसन्त ऋतु प्रारम्भ हुने भएकोले पनि आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ।