धरान: धरान ९ स्थित न्यु युना कटिङ्ग सेन्टरले आप्mनो प्रशिक्षार्थी विद्यार्थीहरुलाई सोमवार एक कार्यक्रमको अयोजना गरि प्रमाण पत्र वितरण गरेको छ ।

सेन्टरले वेसिक र एड्भान्स छ महिने कोर्ष पुरा गरेका धरान, वराहक्षेत्र र तेह्रथुम जिल्लाका १७ जना विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेको हो । उनीहरुलाई कार्यक्रमका अतिथि अधिवक्ता मौसम राईले प्रमाण पत्र वितरण गरेका थिए । छ महिने कोर्ष भए पनि लकडाउनका कारण तालिम पुरा गर्न एक वर्ष लागेको सेन्टरका संचालक एवं ट्रेनर विमला कोइरालाले जानकारी दिइन् । १५ वर्ष देखि संचालित सेन्टरले हालसम्म सात हजार भन्दा बढीलाई तालिम दिइसकेको उनले बताइन् ।

yuna2

आफ्नो अनुभव सुनाउने क्रममा प्रशिक्षार्थी धरानकी शुष्माले प्रशिक्षणका लागि लागेको रकम सिक्ने क्रममा नै उठाइसकेको बताइन् । आफु अहिले घरमा नै बसेर स्वरोजगार भइसकेको उनको भनाई थियो । आफुले सिकेको सीप प्रयोग गर्न जाने आम्दानी राम्रो हुने भन्दै उनले आफुहरुलाई लकडाउनले समस्या परेको बेला पनि समय दिएर तालिम दिएकोमा ट्रेनर विमला कोइरालाालई धन्यवाद पनि दिइन् ।

yuna

कार्यक्रममा सहभागी प्रशिक्षित मध्येबाट उत्कृष्ट डे्रस डिजाइनरलाई उपहार समेत प्रदान गरिएको थियो । सहभागीहरु सबै आफैले डिजाइन गरेर सिलाएको पहिरनमा आएका थिए । उत्कृष्ट हुनेहरुमा प्रथम तारा लिम्वु, दोस्रो वसन्ती लिम्बु र तेस्रो लक्ष्मी गुरुङ रहेको थियो । निर्णायकको भुमिकामा रहेको कोरियोग्राफ तथा डिजे ललित राई र समाजसेवी तथा युवा व्यवसायी टंक गुरुङ्गलेले उत्कृष्ट तीन छनौट गरेका थिए । तस्विरः विकास चाम्लिङ राई