धरान: करिब एक दशकसम्म भाडाको घरमा सञ्चालनमा रहेको मन्टेश्वरी किन्डरगार्टेन आफ्नै भवनमा सरेको छ ।

मंगलबार सरस्वती पूजाको अवसर पारेर धरान १६ जोरसखुवा नवनिर्मित आफ्नै भवनमा किन्डरगार्टेन सरेको हो । नवनिर्मित भवनमा मंगलबार सरस्वती पूजा गरिएको थियो । मन्टेश्वरीको आफ्नै दुई कट्ठा जमिनमा भवन निर्माण गरेर सारिएको सञ्चालकमध्येका एक किसन मास्केले जानकारी दिए । उनका अनुसार भुई तलामा डे केयर पिजिदेखि कक्षा ३ सम्म पढाई हुन्छ । आगामी बर्ष कक्षा ४ र अर्को बर्ष कक्षा ५ को पनि पढाई शुरु हुने उत्कृष्ट स्कुल बनाउने योजना रहेको मास्केले बताए ।

भिडियो:

तल्लो तलामा पिजि, नर्सरी, युकेजी, एलकेजी कक्षा हुनेछ भने माथिल्लो तलामा कक्षा १, २ र ३ को पढाई हुन्छ । यस्तै, विभिन्न गतिविधि, बैठक पनि बस्नकोलागि हल पनि बनाइएको छ । विद्यार्थीहरुलाई नृत्य कक्षा पनि त्यही गरिने मास्केले बताए । विद्यालयकी प्रिन्सिपल सुलेखा जोशीले ठुलो मैदान भएको कारण धेरै क्रियाकिलापहरु गर्न सकिने बताइन् । विद्यार्थीहरुलाई पढाईमा मात्र नभै जीवनको जुनै पनि संघर्षसँग जुध्नसक्ने बनाउन प्रयास गर्ने बताइन् । यस्तै, नृत्य र संगीतको कक्षा शुरु हुने र खेल शिक्षक पनि राखेर खेलकुद गतिविधिहरु पनि शुरु गरिने बताइन् ।

monteso monte montes montesri montesso