झापा: झापाको दमक नगरपालिका ३ भुटानी शरणार्थी शिविरमा श्रीमतिको हत्या गरेको आरोपमा एक पक्राउ परेका छन् ।

प्रहरीक अनुसार शिविरको सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । आज बिहान ५ बजे राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरि हत्या गरेको प्रहरीको भनाई छ । श्रीमानको कुटपिटबाट विष्णुमायाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । हत्या आरोपमा प्रहरी टोलीले दमक नगरपालिका २ बाट राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईबारे सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।