मोरङ: भारतीय रुपैया बोकेर लुकीछिपी नेपाल प्रवेश गरेका एक भारतीय युवा पक्राउ परेका छन् ।
भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ बर्षीय संजय सिंहलाई प्रहरीले ठुलो परिमाणमा भारतीय रुपैयासहित पक्राउ गरेको हो । हिजो बिहीबार बेलुका पौने ५ बजे बिराटनगर १७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीको टोलीले भारतबाट लुकीछिपी नेपाल आउदै गरेका सिंहलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरंगले जानकारी दिएको छ ।
उनको साथबाट ५०० दरको नोट ३८८ थान र २००० दरको नोट २६ थान गरि २ लाख ४६ हजार भारतीय रुपैया वरामद भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । श्रोत नखुलेको उक्त रकमसहित पक्राउ परेका सिंहबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने थप अनुसन्धानको लागी भन्सार कार्यालय बिराटनगर बुझाएको छ ।