धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धरानका होटलहरुको स्तरीकरण गर्ने उद्दश्यले अनुगमन शुरु गरेको छ ।

कार्यालयले हिजो आइतबारदेखि धरानका होटलहरुको अनुगमन तथा स्तरीकरण अभियान थालेको हो । पहिलो दिन धरानका ८ वटा होटलहरुको अनुगमन गरिएको थियो । ती होटलहरुमध्ये धरान ८ स्थित होटल गजुर प्यालेस मात्र क वर्गको अतिउत्तम होटलमा परेको छ । होटलको व्यवस्थापन, होटलले दिने सेवा सुविधा, सरसफाईलगायत अनुगमन गरेर स्तरीकरण गरिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जनकारी दिए ।

उनका अनुसार आइतबार ८ वटा होटलहरु अनुगमन भएको थियो । ती मध्ये होटल गजुर प्यालेस अतिउत्तममा स्तरीकरण भएको छ । यस्तै, ख वर्गको उत्तम होटलहरुमा धरान किचन, लेवल अप र बराह फेमिली किचन स्तरीकरण भएको छ भने अन्य सबै होटलहरु ग वर्ग सन्तोषजनकमा स्तरीकरण भएको छ । अनुगमनको क्रममा ५० वटा सुचांकहरुमा ९० अंक ल्याउदा क वर्गमा स्तरीकरण हुन्छ भने ८० भन्दा माथि अंक ल्याउदा ख वर्गमा र ६५ अंकभन्दा माथि आए ग वर्गमा स्तरीकरण हुने गर्छ । धरानका अन्य होटलहरुको आज पनि अनुगमन तथा स्तरीकरण गरिने अनुगमन अधिकृत सापकोटाले जानकारी दिए ।hotel-gajur