सुनसरी: इटहरीको तालतलैया पुर्वको चर्चित पर्यटकीय गन्तव्य हो । अब यो गन्तव्य नजिकै अर्को महत्वपुर्ण गन्तव्य थपएिको छ, त्यो हो इपी ल्याण्ड एण्ड वाटर पार्क ।

इटहरी २ मा अवस्थित यो पार्कको सोमबार विधिवत उद्घाटन गरिएको छ । तीस करोड लगानीमा शुरु भएको पार्कको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उद्घाटन गरे । प्रदेश १ को पहिलो यो पार्क ६ बिघा क्षेत्रफलमा फैलिएको छ । पार्कलाई गत बर्ष नै शुरुवात गर्ने योजना लगानीकर्ताहरुको थियो । तर, कोरोना महामारीको कारण एक बर्ष ढिला भएको हो ।

water-park

प्रमुख अतिथि एवं मन्त्री ढकालले पुर्वको पर्यटनलाई गति दिन आवश्यक भएको धारणा राखे । उनले पार्कले पर्यटन विकासमा आशा जगाउने पनि बताए । निजी क्षेत्र र सरकारबीच हातेमाले गर्न आवश्यक भएको बताउदै मन्त्री ढकालले पर्यटनको विकाससँगै विदेशी पर्यटकहरु पनि प्रदेश १ मा भित्रिने उल्लेख गरे ।

यो पार्कमा बालबालिका, युवाहरुले पारिवारिक वातावरणमा रमाउन पाउने सञ्चालकहरुको भनाई छ । पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम पौडेल र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको लगानीमा यो पार्क सञ्चालन भएको हो ।

water-park2

पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड ८ वटा रहेको छ । एक स्लाइडमा एक पटकमा बढीमा ८ जनाले खेल्न सक्नेछन् भने दिनभरिमा ५ हजार मजा लिनसक्ने सञ्चालकहरुको भनाई छ । पार्कमा एक पटकमै ६ सय मानिस अट्ने वेभ पुल पनि रहेको छ । यो पुलमा समुद्रको छालमा बसेको अनुभव हुनेछ । यस्तै, पार्कमा बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरहरुको अवलोकन गर्न सकिनेछ ।

यसैगरि, पार्कमा जिप लाइन टावर पनि छ । यहाँ एक टावरदेखि अर्को टावरसम्म जिपलाइन गर्न सकिन्छ भने वाल क्लाइम्बिङ पनि छ । केही समय पनि स्नोपार्क पनि सञ्चालनमा आउने बताइएको छ । पार्कमा मनोरञ्जनको लागि स्नोपार्क र जिप लाइनबाहेक विद्यार्थीका लागि ६५० र अरुका लागि ७५० रुपैयाँ शुल्क तोकिएको छ।

water-park

water-park4