मोरङ: मोरङ सुनवर्षी नगरपालिका ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे सुनवर्षी १ कालाबन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै गएका स्थानीय ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भएका छन् । उनीहरुको रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।