सुनसरी: सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युँताएसँगै इटहरीमा पनि पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले इटहरी ६ स्थित पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको हो । पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर युवाहरुले नेकपा(एमाले)को बोर्ड राखेका हुन् । पार्टीको काम, कारबाही अबदेखि सोही कार्यालयबाट हुने पनि युवा संघले जनाएको छ ।

संघका इटहरी अध्यक्ष कमल दाहालले प्रेश विज्ञप्ती जारी गर्दै बोर्ड राख्ने, कार्यालय खोल्ने, राष्ट्रिय युवा संघ नेपालको नगर कार्यालयसमेत सञ्चालनमा ल्याइएको पनि जानकारी दिएका छन् । उनले सोही कार्यालयबाट नेकपा एमाले पार्टी कार्यालय सञ्चालनमा आएको र सम्पुर्ण गतिविधिहरु सोही कार्यालयबाट सञ्चालन हुने पनि उनले बताएका छन् ।itahi itahari1