धरान: स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान १७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएका छन् ।

युवा अरुण राईले ४ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएका हुन् । मासु बजार डटकमको शुभारम्भ शनिबार धरानका मेयर तिलक राईले गरेका थिए । सञ्चालक राईका अनुसार अहिले खसी, कुखुरा र अण्डा पाईन्छ । साथै, फ्रि होम डेलिभरीको पनि व्यवस्था गरिएको उनले बताए । सफा र ताजा मासु सुलभ मुल्यमा विक्री गरिने उनले बताए । मासु बजार डटकम सञ्चालनमा आए लगत्तै केही युवाहरुले रोजगार पनि पाएका छन् । आगामी दिनमा राँगा र लोकल कुखुराको मासु पनि थप्ने उनले जानकारी दिए ।

मेयर राईले धरान १७ दिनदिनै बजारीकरण हुँदै गएको बताए । यहाँका स्थानीयबासी, टोलबासीहरु, वडाबासीहरु बजार खोज्नका लागि अन्यत्र जान जरुरी नभएको पनि बताए । ‘यहाँ हरेक चिजको उपलब्धता छ, सब्जि, हार्डवेयर, किराना समान, फलफुल, मासु, खाद्यान्न, चियानास्ता सबै कुरा छ,’उनले भने ।

मानिसहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ताजा, सफा र सुरक्षित मासु बिक्रि वितरण गर्न मेयर राईले आग्रह गरे । बजारको अवस्था, जनताको अवस्थालाई बुझेर व्यापार गर्न खोजिरहेको बताउँदै मेयर राईले सञ्चालक लगायत टिमलाई शुभकामना दिए । साथै उनले व्यापार व्यवसाय गर्दा कानुनी प्रक्रिया पुर्याएर गर्न पनि आग्रह गरे ।