इटहरी: इटहरी उपमहानगरको आठौ नगरसभाले आर्थिक बर्ष २०७७/७८ को पुरक बजेट पारित गरेको छ । 

नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक आय ब्यय पारित गरेको हो । फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक बजेट सभामा पेश गरेकी थिइन् । सोमबारको वैठकले विनियोजन ऐन संशोधन विधेयक र आर्थिक ऐन संशोेधन विधेयक पारित गरेको छ । विधेयक माथि भएको छलफलमा नगरसभा सदस्य गणेश खत्रीले भाग लिएका थिए । 

छलफलमा उठेका प्रश्नको उपप्रमुख गौतमले जवाफ दिएकी थिइन् । वैठकमा उपप्रमुख गौतमले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्न्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ पेश गरेकी थिइन् । अर्को वैठक मंगलबार दिउँसो ३ वजे वस्ने भएको छ ।