धरान: प्रहरीले धरानबाट प्रतिबन्धित औषधीसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ ।
हिजो राती करिब साढे ७ बजे धरान १०, धर्मपथ लाइनस्थित सडकखण्डबाट मुन्ना खान र उनकी श्रीमति आसमा खातुनलाई प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन प्लससहित प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार मोटरसाइकलमा सवार दुवैलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट प्रतिबन्धित औषधी वरामद भएको थियो ।
दुवै जना धरान ९ निवासी हुन् । उनीहरुको साथबाट स्पास्मोप्रोक्सिभन प्लस ५ सय ८६ क्याप्सुल वरामद भएको थियो । उनीहरुलाई मोटरसाइकल र वरामद भएको प्रतिबन्धित औषधीसहित थप कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको धरान प्रहरीले जनाएको छ ।