विराटनगर: भारतबाट तस्करी गरि अवैधरुपमा नेपाल भित्र्याउन लागेको धान प्रहरीले वरामद गरेको छ ।

मोरङको जहदा गाउँपालिका वडा नं ५ र ६ को बीचमा नेपाल भारत सिमानाको दशगजास्थित डुमरिया चोक नजिकबाट धान वरामद गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार हिजो राती करिब ११ बजे भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छलेर ल्याएको धान सडक छेऊमा वेवारिसे अवस्थामा भेटिएको थियो ।

dhaan

डिएसपी राईका अनुसार जुटको बोरामा प्याक गरेर राखिएको अवस्थामा धान फेला परेको थियो । ती धान ५० केजीको दरको १२० बोरा वरामद भएको थियो । साथै ५ वटा साइकल पनि भेटिएको मोरङ प्रहरीले जनाएको छ । ती धानको बजार मुल्य अन्दाजी १ लाख ८० हजार बराबर भएको प्रहरीको अनुमान छ । वरामद भएको धान आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइएको पनि प्रहरीले जनाएको छ ।