धरान: जावा पेराक मोटरसाइकल नेपालमा लन्च गरिएको छ ।
देशभरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्स पनि शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार्यलय नजिक रहेको सो रुममा अटो मोबाइल्सका निर्देशक कुमार श्रेष्ठ र प्रभु बैक धरान शाखाका प्रमुख नविन राईले जावाको पेराक लन्च गरेका थिए ।
यो मोटरसाइकल ३ सय ३४ सिसिको हो । यसको मुल्य ७ लाख ५० हजार पर्ने निर्देशक श्रेष्ठले बताए । उनले मोटरसाइकल खरिद गर्दा फाइनान्सको सुविधा समेत रहेको जानकारी दिए । मोटरसाइलक बिक्रि सुरु गरेको भए पनि सो रुमको औपचारीक उद्घाटन भने बैशाखका गरिने जानकारी दिए । जावा पेराक एक बबर स्टाइल बाइक हो । यो भन्दा पहिले जावा र जावा फोर्टी टु बाइक लन्च भइसकेका छन् ।
जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । जावा पेराक एक बबर र कस्टम स्टाइल बाइक हो ।