धरान: कविन मगरको उत्कृष्ट प्रर्दशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटवल प्रतियोगितामा धरानको मेघा कलेजले विजयी सुरुवात गरेको छ । 

      आज सोमवार भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अंक जोडेका थिए । प्रतिस्पर्धात्मक खेलमा मेघा कलेजले काठमाण्डौको झिलिमिलि बास्केटवल क्लवलाई ५६–४५ अंकको अन्तरले हरायो । खेलमा मेघा कलेज र भिलिमिलिले प्रत्येक क्वाटरमा क्रमशः १०–१०, १९–९, १५–१४, र १२–१२ अंक जोडेका थियो । 

हिजो(आइतबार)देखि रोयल एकेडेमीको आयोजनामा २३ वर्ष मुनिका रोयल बास्केटवल च्याम्पियनसिप शुरु भएको थियो । धरान उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै धरान मेघा कलेजको बास्केटवल टिमले प्रतियोगितामा सहभागीता जनाएको छ । दोस्रो खेल मेघा कलेजले मंगलवार टाइम्स इन्टरनेशनल कलेजसँग प्रतिस्पर्धा गर्नेछ ।

     धरान मेघा कलेज टिममा कविन मगर, सन्तोष तामाङ, सरोज राई, साहिल तामाङ, सुजन राई, सुसन श्रेष्ठ, जोमन राई, दिवस राई, मौसम राई, रोहन श्रेष्ठ, मानवहादुर दर्जी, निसाम तामाङ र प्रशिक्षकमा हेमन्त राई र युगल लिम्वु रहेको छ ।