धरान: यही चैत्र ८ गतेदेखि काठमाण्डौमा हुन लागेको २३ वर्ष मुनिका रोयल बास्केटवल च्याम्पियनशिपमा सहभागी हुने धरान मेघा कलेज बास्केटवल टिमलाई विदाई गरिएको छ । 

धरान बास्केटवल संघ र धरान मेघा कलेजले शुक्रवार विदाइ गरेको हो । धरानको प्रतिनिधित्व गरेर सहभागी हुन लागेको धरान मेघा कलेज बास्केटवल टिमलाई कलेजको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको थियो । उनीहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा र मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले खदा र टिका लगाएर विदाई गरेका थिए । 

20210319_182409.psd

धरान मेघा कलेज टिममा कविन मगर, सन्तोष तामाङ, सरोज राई, साहिल तामाङ, सुजन राई, सुसन श्रेष्ठ, जोमन राई, दिवस राई, मौसम राई, रोहन श्रेष्ठ, मानवहादुर दर्जी, निसाम तामाङ र प्रशिक्षकमा हेमन्त राई र युगल लिम्वु रेहेका छन् । विदाईको क्रममा कलेजका अध्यक्ष लिम्वु र बास्केटवल संघका अध्यक्ष लामाले टिमलाई शुभकामना दिएका थिए । कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका प्राचार्य चन्द्र वनेम, प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।