धरान: निर्माण कार्य शुरु भएको करिब ३ बर्षपछि रेडक्रस चोकदेखि धरान १४ विजयपुर चोकसम्मको सडक तयार भएको छ । 

धरान उपमहानगरपालिकाले नगर गौरवको आयोजनाकोरुपमा यो सडक करिब ३ बर्षअघि निर्माण शुरु गरेको थियो । यो सडक रेडक्रस भवनदेखि विजयपुर चोकसम्म ८ सय ३० मिटर लम्बाई छ । निर्माण कार्य सकिएर यातायात सुचारु भइसके पनि यो सडकको औपचारिक उद्घाटन भने गर्न बाँकी छ ।वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराईका अनुसार निर्माण कार्य सकिए पनि अझै सडकलाई सौन्दर्यीकरण  गर्न बाँकी छ भने सडकको ल्याब टेष्ट गरेर जिम्मा लिन पनि बाँकी नै छ । 

अध्यक्ष भट्टराईका अनुसार यो सडक ३ करोड १ लाख बजेटमा निर्माण भएको हो । सडकलाई रंगरोगन गर्ने, सडक किनारमा धुपी रोप्ने काम वडाको बजेटबाट गरिनेछ भने हात्तिसारमा हात्तिको र बहुजातीय संग्रहालयअघि भ्यु पोइन्टमा धरानको मुर्ति बनाएर पनि राखिने अध्यक्ष भट्टराईले बताए । उनले भने,‘वडाको बजेटबाट सौन्दर्यीकरण गर्न बाँकी छ । भ्यु पोइन्टमा आरा काटेको धरानको मुर्ति र हात्तिसार क्याम्पस केही तल चोकमा हात्तिको मुर्ति राखेर सेल्फी खिच्ने ठाउँ बनाउछौं ।’

सेन्सर लाइट पनि बनाउने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार विजयपुर चोकदेखि बुढासुब्बा मन्दिरसम्म पनि थप सडक निर्माण कार्य भइरहेको छ । उक्त सडक निर्माण सम्पन्न भइसके पछि मात्र यो सडक औपचारिकरुपमा उद्घाटन हुनेछ । bijaypur-road1bijaypur-road2bijaypur-road3bijaypur-road4bijaypur-road5bijaypur-road6bijaypur-road7bijaypur-road8bijaypur-road9bijaypur-road10bijaypur-road11bijaypur-road12bijaypur-road13bijaypur-road17