धरान: किसोरी तथा महिलाहरुले आफैले उत्पादन तथा तयार गरेका सामानहरुको बिक्री तथा प्रर्दशनी धरानमा शुरु भएको छ । 

धरान १८ स्थित झुनाज फिटनेस तथा वेल्नेसको आयोजनामा एक दिने मिनि मेला शुरु भएको हो । झुनाज फिटनेसको आफ्नै भवन परिसरमा आयोजित मिनि मेलामा धरानका विभिन्न वडाका किसोरी तथा महिलाहरुले विभिन्न उत्पादनहरु बिक्री तथा प्रर्दशनीमा राखेका छन् । स्टलमा किम्ची, ब्याग, हेरय बेल्ट, मण्डला हार्ट, शाक्य मय्जु पुचको खाजा स्टल, अनमोल स्वीट्सको चकलेटलगायत छन् ।

झुनाज फिटनेस एण्ड वेल्नेसकी प्रोपाइटर झुना मेवाहाङले आफ्ना सदस्यहरु अधिकाशं लेडिजहरु भएको र कोही न कोही व्यापारमा पनि संलग्न भएको थाह पाएपछि मिनि मेला आयोजना गर्ने सोच बनाएको बताइन् । ‘मेरोमा लेडिज सदस्यहरु धेरै छन् । उहाँहरु केही न केही व्यापारमा लागेको देखे, त्यसैले मिनि मेला गरौं न भनेर गरेको हो,’उनले भनिन् । मिनि मेला साँझ ६ बजेसम्म आयोजना हुनेछ । mini-melamini-mela1mini-mela2mini-mela3mini-mela5mini-mela6mini-mela8mini-mela9mini-mela10mini-mela11mini-mela12