धरान: फागु पुर्णिमा अर्थात रंगहरुको पर्व होलीमा आज धरानमा शन्तिपुर्ण रह्यो । कोरोना भाइरसको महामारीको कारण प्रशासनले भिडभाड नगर्न आग्रह गरेको कारण पनि होली प्रभावित रह्यो ।

धरानमा विगतमा जस्तो होली हंगामा जस्ता धुमधामको कार्यक्रमहरु यसपाली पनि भएन । गत बर्ष पनि होली कोरोना महामारीको चपेटामा परेकोले सामान्य भएको थियो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार आज होलीमा कुनै अप्रिय घटना भएन । यद्यपी, ट्राफिक नियम उल्लंघन गर्ने १५ वटा सवारीसाधनहरु भने नियन्त्रणमा लिइएको उनले बताए । 

holi3

डिएसपी बस्नेतका अनुसार विना हेल्मेट हिड्ने र ३ जना चढ्ने मोटरसाइकल र स्कुटी नियन्त्रणमा लिइएको हो । उनीहरुलाई साँझ जिम्मा लिइने पनि प्रहरीले जनाएको छ । 'आज कुनै केही घटना भएन, होली शान्ति पुर्ण नै रह्यो,'डिएसपी बस्नेतले भने,'विना हेल्मेट, ३ जना चढ्नेलाई नियन्त्रणमा लिएका छौं ।' 

holi4

holi6

holi7

holi8

holi9

holi10

holi11

holi13

holi14

holi16

holi18

holi19

holi22

holi25

holi28

holi30

holi31

holi32