धरान: वीर गोर्खा पत्रकारिता पुरस्कार धरानका अग्रज पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्तरुपमा दिइने भएको छ ।
धरान १८ स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले मंगलबार विज्ञप्ती जारी गर्दै ५० हजार राशीको उक्त पुरस्कार पत्रकारद्धय सुब्बा र चाम्लिङलाई संयुक्तरुपमा दिइने घोषणा गरेको हो । यसैगरि, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार सञ्जिता धमलालाई दिने निर्णय गरेको पनि सेन्टरले जनाएको छ । यो पुरस्कार राशी भने २० हजार रुपैया रहेको छ ।
गोर्खा सैनिकसँग प्रत्यक्ष वा परोक्षरुपमा जोडिएका बिषयहरुलाई सार्वजनिक गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्ने उद्देश्यले सेन्टरले गत माघ १८ गते पुरस्कार स्थापनाको घोषणा गरेको थियो । पुरस्कार प्रत्येक बर्ष बैशाख १ गते वितरण गर्ने सेन्टरको भनाई छ ।