धरान: गोर्खा सैनिकसँग जोडिएका बिषय तथा विसंगतिहरुबारे समाचार संकलन गर्ने तीन जना पत्रकारहरु पुरस्कृत भएका छन् ।
धरान १८ स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले बुधबार एक कार्यक्रमको आयोजना गरि वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरेको हो । सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कारबाट धरानका अग्रज पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्तरुपमा पुरस्कृत गरेको हो । उनीहरु दुवैलाई धरानका मेयर तिलक राईले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । यो पुरस्कार राशी ५० हजार रुपैयाको हो ।
यस्तै, नवप्रतिभा पुरस्कारबाट सञ्जिता धमला पुरस्कृत भइन् । यो पुरस्कारको राशी नगद २० हजार रहेको छ । उनलाई नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचत अध्यक्ष जनकऋर्षि राईले पुरस्कृत गरेका थिए ।