धरान: धरान ५ स्थित ठिङ्गाबारीमा नयाँ आशा कृषि फर्म सञ्चालनमा आएको छ ।

नयाँ बर्ष २०७८ को पहिलो दिन (वैशाख १) गते फर्मले आफ्नो कृषि कार्यको शुरुवात वंगुरपालनबाट शुरु गरेको छ । बंगुर फर्मको उद्घाटन ब्लाष्टटाईम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले गरेका थिए । यो फर्म राम लिम्बु र सीता लिम्बु दम्पतीले संचालनमा ल्याएका हुन् । फर्म भने श्रीमति लिम्बुको नाममा दर्ता रहेको छ । 

विगतमा घरेलु तवरबाट ५÷७ बटा वंगुर पाल्दै आएका लिम्बु दम्पत्तिले बंगुर फर्म संचालन गर्न कठिन नहुने बताएका छन् । उनीहरुले २ कठ्ठा जग्गा लिजमा लिएर फर्म शुरु गरेका हुन् । फर्ममा शुरुवातमा १२ लाखको लगानी भएको छ । फर्ममा ४० वटा वंगुर पालन गर्न सकिने क्षमता रहेको र बच्चा उत्पादन गरेर विक्री गर्ने योजना रहेको लिम्बुले बताए । फर्म सञ्चालक लिम्बुका अुनसार भविष्यमा वंगुरपालन सँगै अन्य पशुपालन, हरियो तरकारी र फलफुल खेतीसमेत गर्ने योजना रहेको बताए ।

asha1

संचालक दम्पत्ती वल्र्ड पीस फाउण्डेसनसँग पनि आवद्ध छन् । सोही फर्मबाट विश्व शान्तीसँग सम्बन्धित संस्थागत कार्यक्रम संंचालन गर्ने गरी कार्यलयको पनि उद्घाटन गरिएको थियो । सोही कार्यक्रममा प्रमूख अतिथि कार्कीको ६१ औ जन्मदिन परेकोले अयोजकले केक पनि काटेर मनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि कार्की, यू एन कलेजका क्याम्पस प्रमूख डम्बर तुम्बापो, कृति टेलिभिजनका मोहन श्रेष्ठ, शान्तिदुत पुष्कर थापा लगायतले बोलेका थिए ।