धरानः ग्लोबल ओरियन्स नेपाल प्रालीले आफ्नो बिक्रि कक्षको शाखा धरानमा पनि खोलेको छ । 

बराह डिपार्टमेण्डको सभाहलमा आयोजिक कार्यक्रममा कांग्रेस नेता एवं पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री मीन बहादुर विश्वकर्माले शाखाको उद्घाटन गरेका थिए । उनले समृद्ध नेपाल सुखी नेपाल बनाउनका लगाी यस प्रत्यक्ष  बिक्री वितरण गर्ने शाखाले एउटा इट्टा थप्ने कार्य गरेको बताए । 

ग्लोबल ओरियन्सका अध्यक्ष बसन्त  पण्डितले कानुनी प्रक्रिया पुरा गरेर गत बर्ष स्थापना भएको बताए । कम्पनीले स्वदेशी बस्तुहरुको उत्पादनको खपत तथा बजार बिस्तार गर्ने उनले बताए । कम्पनीले प्रत्यक्ष बिक्रीमार्फत हरेक उपभोक्तलाई स्वास्थ्य सौन्दर्यका बस्तु बिक्री वितरण गर्ने उनको भनाई थियो । धरानस्थित बिक्री कक्षका अध्यक्ष विकास कुमार गुरुंगले कम्पनीले १२ वटा  सप्लिमेन्टका र ११२ वटा  सौन्दर्यको समान बिक्री गर्दै आइरहेको जानकारी दिए ।