सुनसरी: सुनसरीको बराहक्षेत्र ९  का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । 

उनले मंगलबार घरयासी विवाद हुँदा घरमा रहेको तपेश भाडाले ३८ बर्षीय आफ्नै बुबा उपेन्द्र पौडेललाई कोखामा प्रहार गरेर घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।