धरान: अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । 

क्याम्पस प्रशासनले नियम विपरीत परिक्षा फारममा ३ सय रुपैया शुल्क वृद्धि गरेको विरोधमा संगठनले आज तालाबन्दी गरेको हो । यसअघि बैशाख ६ गते नै विज्ञप्तीमार्फत शुल्क वृद्धि फिर्ता गर्न आग्रह गरेपनि प्रशासनले वेवस्ता गरेपछि तालाबन्दी गर्नुपरेको अध्यक्ष शेखर रेग्मीले जानकारी दिए । संगठनले ४८ घण्टे अल्टिमेटम दिदै वृद्धि गरिएको शुल्क घटाउन माग गरेपनि प्रशासनले वेवास्ता गरेको उनको भनाई छ । 

क्याम्पसले स्नातक तह प्रथम बर्षअन्तर्गत बिए, बिएड र बिबिएसको परीक्षा फारम ४ हजार २ सयमा भर्नुपर्नेमा ३ सय थप गरेर ४ हजार ५ सय जम्मा गर्न सुचना जारी गरेको थियो । यसले विद्यार्थीहरुलाई आर्थिक भार परेको भन्दै अखिलले साविककै ४ हजार २ सय कायम गरेर फारम भर्ने प्रक्रिया अघि बढाउन माग गरेको थियो । साथै, विद्यार्थी संगठन तथा आम विद्यार्थीहरुको सहमति विना कुनै पनि शुल्क परिवर्तन नगर्न वा कुनै पनि शुल्क शीर्षक नथप्न माग गरेको थियो । akhil