धरान: भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरुलाई पुर्जा वितरण गर्ने उद्देश्यले धरानमा पनि आइतबारदेखि फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने भएको छ । 

धरानको २० वटै वडा कार्यालय मार्फत फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने धरान उपमहानगरपालिकाले जानकारी दिएको छ । लगत संलकन ईकाईका संयोजक वेद सापकोटाका अनुसार लगत संकलनको लागि ३६ जना कर्मचारीहरु तयार छन् । वडा कार्यालयमार्फत आइतबारदेखि नै फारम वितरण र फारम भराउने कार्य शुरु गरिने उनले बताए । 

भुमी आयोगमार्फत हाल धरानमा लगत संकलनको लागि १४ हजार ५ सय फारम आइपुगेको छ । लगत संकलन भएपछि कम्प्युटरमा इन्ट्री गरिने र त्यसपछि जग्गाको नापजाँचलगायत कार्य शुरु हुने सापकोटाले जानकारी दिए । सरकारले भुहिमिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरुलाई पुर्जा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । यसले बषौंदेखिको भुमी तथा सुकुम्बासी समस्या समाधान हुने अपेक्षा गरिएको छ । sukum

sukum1