धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत जनकपुर ८ धनुषाका ४८ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको आज बिहान सवा ७ बजे मृत्यु भएको थियो । उच्च रक्तचापका विरामी रहेका उनलाई बैशाख ९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने बैशाख १० गते संक्रमण पुष्टि भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।