धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने विराटनगर १२ मोरङका ७५ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको दिउँसो १ बजेर ५५ मिनेटमा कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । विभिन्न दीर्घरोग भएका वृद्धलाई बैशाख ४ गते कोभिड पुष्टि भएको थियो भने उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । यसअघि आजै बिहान प्रतिष्ठानकै कोभिड अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको थियो । जनकपुर ८ धनुषा घर भएका ४८ बर्षीय पुरुषको बिहान करिब ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको थियो ।