धरान: सुनसरीमा पनि शुक्रबार मध्यरातीदेखि लागु हुने गरि एकसाताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि सुनसरीका प्रजिअ उमेशकुमार ढकालले बैशाख १७ गते (शुक्रबार) मध्यराती १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरेका हुन् । उक्त समयवधिभित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइनेछैन । यस्तै, १० बर्षमुनि र ६० बर्ष माथिका व्यक्ति तथा दीर्घरोगीलाई अत्यावश्यकबाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ । 

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । सरकारी, बैक, बित्तिय, विमालगायत कार्यालयहरुबाट माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्नेछ भने अत्यावश्यकबाहेकका अन्य सेवालाई स्थगित गरिएको छ । 

nisedyahgya

nisedhgya1