धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा झापाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

दमक ५ झापाका ६५ बर्षीया महिलाको आज बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घरोगी पनि भएकी मृतकलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियमअनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।